भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कारवाही हुनुपर्छ भन्नेमा एमाले दृढ छ: ईश्वर पोखरेल – Nepal Press

भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कारवाही हुनुपर्छ भन्नेमा एमाले दृढ छ: ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कानुन र विधिसम्मत ढंगले कारवाही हुनुपर्ने बताएका छन् ।

एमाले ३१ नंवर वडा कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका बोल्दै पोखरेलले अनियमितता गर्ने जोकोहीलाई छुट नहुने र कारवाही गनुपर्छ भन्नेमा एमाले दृढ रहेको बताएका हुन् ।

उनले केहि कमजोरीलाई लिएर सामाजिक सद्भाव फैलाउने कोशिष भइरहेको भन्दै देशमा अराजकता फैलाउने र सद्भाव खलबलाउने छुट कसैलाई नभएको धारणा राखे । सहकारी प्रकरणमा संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्दा भेदभाव भएको आरोप लगाउने गरेको उल्लेख गर्दै पोखरेलले कांग्रेस र एमालेका नेताहरुमाथि पनि प्रश्न उठे अनुसन्धानको दायरामा आउने स्पष्ट पारे ।

आगामी निर्वाचनमा कांग्रेस र एमालेबीच प्रतिष्पर्धा हुने भएपनि मुलुकमा संकट परेका बेला ठूला दलहरु एक हुनुपरेको उनले बताए । पोखरेलले अराजक भीडले समाजलाई नियन्त्रण गर्न खोजे स्वीकार्य हुन नसक्ने उल्लेख गरे ।

पोखरेलले चाडपर्वहरू सामाजिक सद्भावका आधार रहेको उल्लेख गर्दै यस्ता चाडपर्वले सामाजिक सद्भाव र एकतालाई मजवुद बनाउने जिकिर गरे ।


प्रतिक्रिया

One thought on “भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कारवाही हुनुपर्छ भन्नेमा एमाले दृढ छ: ईश्वर पोखरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर