विश्व लगानीकर्ता सप्ताह- २०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण – Nepal Press

विश्व लगानीकर्ता सप्ताह- २०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले २ दिने लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।

प्रभु क्यापिटलले आयोजना गरेको उक्त कार्यक्रम धनुषा जिल्लामा रहेको मिथिला प्राविधिक कलेज, बिशहरा चौक र मोनाष्टिक कलेज, भानु चौकमा अध्ययनरत विद्यार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेशागत कर्मचारीहरूलाई मिति २०८१ कात्तिक ८ र ९ गते सम्पन्न गरेको छ ।

दुई कलेजमा करिब ९० जना विद्यार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेशागत कर्मचारीहरूको सहभागिता भएको उक्त कार्यक्रमको प्रशिक्षकका रूपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए ।

कार्यक्रममा पूँजी बजारमा लगानीको प्रतिफल तथा जोखिम व्यवस्थापन सम्बन्धी, आधारभूत तथा प्राविधिक विश्लेषण, शेयर बजारमा लगानी गर्नुपूर्व ध्यान दिनु पर्ने कुराहरू, बजारमा उपलब्ध लगानीका उपकरणहरू तथा लगानी विविधीकरणका जस्ता विषयमा प्रकाश पारिएको थियो ।

यस्तै लगानी गर्दा प्रविधि र डिजिटल सेवाको प्रयोग-आस्बा, सिआस्बा, मेरो शेयर एपको तथा आईपीओ भर्दा पुर्‍याउनु पर्ने सजगताका बारेमा प्रकाश पारेका थिए । साथै पोर्टफोलियो व्यवस्थापन, सामूहिक लगानी कोषको लगानीमा हुने फाइदा तथा जोखिम सम्बन्धी विषयहरू पनि समेटिएका थिए ।

कार्यक्रमका सहभागी सदस्यहरूले यस्ता कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण, र प्रविधि र डिजिटल सेवाको प्रयोग जस्ता विषयमा विस्तृत ढंगले प्रकाश पारेको हुनाले उक्त तालिम ज्यादै उपयोगी रहेको तथा शेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय-समयमा शेयर तथा पूँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रमहरू, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ भने यो विश्व लगानीकर्ता सप्ताह International Organization of Securities Commission (IOSCO) को आव्हानमा प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्तरमा लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाइने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर