तरहरामा ब्याडमिन्टन प्रतियोगिता धनबहादुर पुरी र प्रदिप श्रेष्ठको टिम विजयी – Nepal Press

तरहरामा ब्याडमिन्टन प्रतियोगिता धनबहादुर पुरी र प्रदिप श्रेष्ठको टिम विजयी

इटहरी । तहरामा भएको ब्याडमिन्टन प्रतियोगितामा समुह ुकु अन्तरगत धनबहादुर पुरी र प्रदिप श्रेष्ठको टिम बिजयी भएको छ । इटहरी २० तरहरामा तरहरा ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगितामा पुरी र श्रेष्ठको टिम विजयी भए भने राजकुमार राई र राम तामाङको टिम उपविजेता बन्यो ।

तीन समुह चरणमा भएको प्रतियोगितामा ‘ख’ समुहबाट रबिन बस्नेत र मेम कुमार राईको टिम प्रथम भएको छ । उपविजेतामा आशिष श्रेष्ठ र गिता तामाङले चित्त बुझाए चितत्यस्तै समुह ग बाट सिम्रन मगर र प्रेमको टिम विजयी भए भने उपबिजेतामा ललित मगर र तिलकले बाजी मारे ।

प्रतियोगिताको विजेताले नगद १० हजार र ट्रफि उपबिजेताले नगद ५ हजार र ट्रफि पाए चिखेलको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले उद्घाटन गर्दै ब्याडमिन्टनले मानिसलाई स्वास्थ्य सँगै सकारात्मक बनाउने बताए ।

खेल क्षेत्रमा सरकारको लगानी आवश्यक रहेको बताउँदै मेयर पौडेलले नगरबासीलाई स्वास्थ्यमा ध्यान दिन आग्रह पनि गरे चक्लबका अध्यक्ष मेमकुमार राइले जनस्तरको बृहत सहभागीतामा बनेको तरहरा ब्याडमिन्टन क्लबमा दैनिक सय भन्दा बढि खेलाडीले ब्याडमिन्टन खेल्दै आएको बताए ।

कार्यक्रमको संयोजन तरहराका उतकृष्ट खेलाडीहरु जय खड्का, चन्द्र तामाङ, नारायण गुरुङ, देव अधिकारी, अनिल अधिकारी, अनिल निरौला, उत्तम राईलगायतले गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर