भुटानमाथि गोल वर्षा गर्दै साविक विजेता बंगलादेश फाइनलमा – Nepal Press

भुटानमाथि गोल वर्षा गर्दै साविक विजेता बंगलादेश फाइनलमा

काठमाडौं। साविक विजेता बंगलादेश नेपालमा जारी साफ महिला फुटबल च्याम्पियनसिपको फाइलन पुगेको छ। दशरथ रंगशालामा आइतबार भएको खेलमा बंगलादेशले भुटानलाई ७-१ गोलले हरायो।

बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरिन् भने सबिना खातुनको नाममा दुई गोल रह्यो। ७ औँ मिनेटमा रितु पोर्ण चक्माको गोलमा बंगलादेशले सुरुवाती अग्रता लिएको थियो।

१५ औँ मिनेटमा पहिलो गोल गरेकी तोहुराले ५८ औँ मिनेटमा ह्याट्रिक पुरा गरेकी थिइन्। बंगलादेश पहिलो हाफमै ५-१ गोलले अगाडि थियो।
बंगलादेशले उपाधिका लागि अब नेपाल र भारतबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।

प्रतियोगिताको पहिलो खेलमा नेपाललाई गोलरहित बराबरीमा रोकेको भुटानले समूहगत चरणका बाँकी खेलमा श्रीलंकालाई ४-१ र मालदिभ्समाथी १३-० गोलको जित हात पारेको थियो।

यता बंगलादेशले पाकिस्तानसँग बराबरी खेलेको थियो भने भारतलाई ३-१ गोलले हराएर समूह विजेताका रुपमा सेमिफाइनल यात्रा तय गरेको थियो। नेपालर भारतबीचको दोस्रो सेमिफाइनल आइतबार साँझ ६ बजे दशरथ रंगशालामा हुँदै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *