नेपालविरूद्ध भारतको अग्रता, नेपालको गोलले पाएन मान्यता – Nepal Press

नेपालविरूद्ध भारतको अग्रता, नेपालको गोलले पाएन मान्यता

काठमाडौं । दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिपको दोस्रो सेमिफाइलनमा नेपालविरुद्ध भारतले अग्रता लिएको छ ।

भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको हो । त्यसलगत्तै नेपालले पनि गोल गरेको थियो । नेपालकी प्रिति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता नपाएको हो ।

गोलको सेलिब्रेसनपछि खेलाडी तयार नहुँदै खेल सुरु भएको भन्दै भारतले प्रोटेष्ट गरेको थियो । रेखा पौडेलले दोहोरो कार्ड खादै बाहिरिएपछि नेपाल १० खेलाडीमा सिमित छ । गोलको मान्यता नपाएसंगै समर्थकले मैदानमा बोतल प्रहार गरेका छन् । जसका कारण खेल रोकिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *