नेपाल १० खेलाडीमा सीमित, रंगशालामा दर्शककाे हुटिङ
नेपाल प्रेस
२०८१ कार्तिक ११ गते २०:२६
काठमाडौं । दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिपको दोस्रो सेमिफाइलनमा भारतविरुद्ध नेपाल १० खेलाडीमा सीमित भएको छ ।
खेलको ५१ औं मिनेटमा रेखा पौडेल दोहोरो पहिलो कार्ड खाँदै बाहिरिएसँगै नेपाल १० खेलाडीमा सीमित भएको हो ।
नेपालविरुद्ध भारतले अग्रतासमेत लिएकोे छ । रेखाले दोहोरो पहिलो कार्ड पाएर बाहिरिएसँगै दर्शकले हुटिङ गरेका छन् । नेपालले गरेको गोलले समेत मान्यता नपाएसँगै समर्थक असन्तुष्ट हुँदै हुटिङ गरेका छन् । अहिले खेल रोकिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर