नेपाल र भारतबीचको खेल १-१ को बराबरीमा रोकियो, पेनाल्टी सुटआउट हुँदै – Nepal Press

नेपाल र भारतबीचको खेल १-१ को बराबरीमा रोकियो, पेनाल्टी सुटआउट हुँदै

काठमाडौं । दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिपको दोस्रो सेमिफाइलनमा नेपाल र भारतबिचको खेल बराबरीमा सकिएको छ ।

भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरेको थियो । नेपालकी प्रिति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता नपाएको हो । त्यसपछी खेल रोकिएको थियो ।

रोकिएको १ घन्टापछि खेल सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट भित्रै नेपालीकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् ।

अब पेनाल्टी सुटआउटबाट विजेता चुनिनेछ । पेनाल्टी सुटआउटका लागी दुवै टोलीले गोलकिपर परिवर्तन गरेका छन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *