बुन्डेस लिगा : बोचुममाथि बार्यन म्युनिखको गोलवर्षा – Nepal Press

बुन्डेस लिगा : बोचुममाथि बार्यन म्युनिखको गोलवर्षा

हेटौँडा । जर्मन लिग बुन्डेस लिगामा बार्यन म्युनिखले सानदार जित हासिल गरेको छ ।

आइतबार राति सम्पन्न खेलमा घरेलु टोली भिएलएफ बोचुमलाई ५-० गोलले पराजित गर्दै बार्यनले लिग तालिकाको शीर्ष स्थान कायम गरेको हो ।

खेलमा माइकल ओलिस, जमाल मुसियाला, ह्यारी केन, किङस्ले कोमन र लोरोय सानेले समान १-१ गोल गरे ।

बार्यनको तर्फबाट खेलको १६ औँ मिनेटबाट सुरु भएको गोलको वर्षा ७१ औँ मिनेटसम्म कायम थियो ।

जितसँगै ८ खेलबाट २० अङ्क जोडेको बार्यन तालिकाको पहिलो स्थानमा छ भने पराजित बोचुम तालिकाको अन्तिम स्थानमा छ । समान खेल बाट २० अङ्कनै जोडेको आरबी लेपेज भने गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *