आठ तस्बिरमा हेर्नुहोस् ओलाङचुङगोला पुग्ने ‘घाइते’ लोकमार्ग – Nepal Press

आठ तस्बिरमा हेर्नुहोस् ओलाङचुङगोला पुग्ने ‘घाइते’ लोकमार्ग

काठमाडौं । तमोर कोरिडोर पच्छ्याउँदै ओलाङचुङगोला हुँदै चीनसँगको सीमा नाका टिप्ताला पुग्ने भारत सीमाबाट सुरु भएर नेपाल हुँदै चीन सीमा छुने त्रिदेशीय सडक बन्ने क्रममै छ ।

टिप्तालाबाट ओलाङचुङगोलासम्म सडक ठिकठिकै भएको स्थानीय सुनाउँछन् । ओलाङचुङगोलाभन्दा ६ घण्टा मुनी पैदल आउन सकिने इलाडाडासम्म पनि गाडी आएको छ । तर, ओलाङचुङगोला र इलाडाडाबीचको सडक क्षतविक्षत छ ।

गाडीका पाङ्ग्रा नगुडेर सडक मै रुख पलाएका छन्। ठाउँठाउँमा पहिरो गएका छन्। कतै रुख लडेर बाटो भत्किएको छ । गाडी कुद्न सक्ने माहौल छैन।

तस्बिरमा हेरौँ उनै गाडी पुग्ने इलाडाडाबाट गाडी नपुग्ने ओलाङचुङगोलासम्मको राष्ट्रिय गौरवको आयोजना कै बेइज्जत गर्ने घाइते त्रिदेशीय सडक खण्ड ।


प्रतिक्रिया