डा. सुदन झा विश्व विद्यालय वैज्ञानिकको अन्तर्राष्ट्रिय र्‍यांकिङमा – Nepal Press

डा. सुदन झा विश्व विद्यालय वैज्ञानिकको अन्तर्राष्ट्रिय र्‍यांकिङमा

काठमाडौं । काठमाडौं विश्वविद्यालयका वरिष्ठ वैज्ञानिक डा. सुदन झाले “एडी साइंटिफिक इन्डेक्स २०२५” मा उच्च स्थान प्राप्त गरेको छ । यसले नेपालको शैक्षिक तथा अनुसन्धान क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गर्दै अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालले छुट्टै परिचय बनाएको छ ।

डा. झा काठमाडौं विश्वविद्यालयका वैज्ञानिकहरूको बीचमा पाँचौं स्थानमा छन् भने नेपालभरका १,६९७ वैज्ञानिकहरुमध्ये तेस्रो स्थानमा पर्न सफल भएका छन् । उनले आफ्नो H-इन्डेक्स, i१०-इन्डेक्स, र उद्धरण (साइटेशन) जस्ता सूचकांकहरूमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

एशियाका ६ लाख ८६ हजार भन्दा बढी वैज्ञानिकहरूको सूचीमा उनको ३४ हजार ५७१औं स्थान रहेको छ भने विश्वभरका २४ लाख वैज्ञानिकहरूमा १ लाख ७३ हजार ९९०औं स्थानमा छन् ।

इन्जिनियरिङ तथा टेक्नोलोजी क्षेत्रमा नेपालमा डा. झा पहिलो स्थानमा छन् भने कम्प्युटर विज्ञानमा दोस्रो स्थानमा रहेका छन् । यो उपलब्धिले नेपालका वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाएको विश्वास लिइएको छ ।

यस उपलब्धिले नेपालको अनुसन्धान र प्रविधि क्षेत्रमा सम्भावनाहरूको संकेत गरेको जानकारहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *