राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री नजाने, गृहमन्त्री आउने – Nepal Press

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री नजाने, गृहमन्त्री आउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नजाने भएका छन् । आजको बैठकमा जाने भनिएपनि अहिले रद्द भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

समितिको बैठक मध्यान्ह १२:१५ बजे सिंहदरबारमा बस्दैछ ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुने कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री सहभागी हुन नसक्ने र गृहमन्त्री रमेश लेखक आउने जानकारी समितिलाई आएको सभापति रामहरी खतिवडाले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने, ‘समितिको बैठक सुरुमा आइतबारका लागि बोलाउने तय भएको थियो । तर, प्रधानमन्त्री ज्यूले आइतबार बैठकमा सहभागी हुन नसक्ने बताएपछि सोमबारका लागि उहाँकै सहजताका लागि सारिएको हो । तर, आज एक्कासी मुख्यसचिव अस्वस्थ हुनुभयो म आउन नसक्ने भए गृहमन्त्रीलाई बैठकमा पठाउँछु भन्नुभयो । अब गृहमन्त्री आउनुहुन्छ बैठकमा ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर