कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत – Nepal Press

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत गरेका छन् ।

उनले पार्टीका केन्द्रीय सदस्य डा गोपाल दहित प्रमुख रहनुभएको उक्त विभागमा विधानको व्यवस्थाबमोजिम आज सदस्य मनोनयन गर्नुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विभागमा रामनारायण कठरिया महतो, रामदत्त जोशी (लेकुडा), हेमलाल पाण्डे, दीपकराज तिमिल्सिना, ठाकुरप्रसाद भुसाल, श्यामकुमार बुढा, उपेन्द्रराज सिग्देल, श्रवणराज मैनाली, सीतादेवी सापकोटा (फुयाल) र प्रह्लादकुमार कामतलाई मनोनीत गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर