नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाल लाइफ पाठशालाको सुरूवात – Nepal Press

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाल लाइफ पाठशालाको सुरूवात

काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला) को अनावरण गरेको छ ।

काठमाडौंमा आयोजित विशेष समारोहबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त प्लयाटफर्ममा लग इन गरी लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला) को अनावरण गरेका हुन् ।

कार्यक्रममा नेपाल लाइफका उच्च पदस्थ अधिकारी, पेशागत बीमा अभिकर्ता संघ नेपालका प्रतिनिधि तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका प्रतिनिधि उपस्थित थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले उपस्थित सबैलाई स्वागत गर्दै नेपालको जनसङ्ख्यामा युवा जनशक्तिको हिस्सा दक्षिण एसियामा नै सबैभन्दा बढी भएको र यो ऊर्जावान शक्तिलाई उद्यमशीलतामा लगाउन सके देशको आर्थिक विकास सहजै हुने बताए ।

भूमण्डलीकरणको कारणले विश्व एउटा डिजिटल डिभाइसमा समेटिन पुगेको र यसको प्रयोग गर्दै आर्थिक स्वतन्त्रता प्राप्त गर्न सबै युवालाई उनको आग्रह थियो । नेपाल लाइफले ल्याएको यस प्लाटफर्मका कारण अब घरै बसीबसी आफ्नो अनुकूल समयमा बीमा अभिकर्ताको तालिम लिन सकिने र यसले बीमाको प्रचारप्रसार तथा विस्तारमा अतुलनीय भूमिका निर्वाह गर्ने पनि उनले पराजुलीले बताए ।

नेपाल बीमा प्राधिकरणले तर्जुमा गरेको पाठ्यक्रमको आधारमा बीमा अभिकर्ताको आधारभूत तालिमको लागि श्रव्य दृश्यहरू निर्माण गरी सञ्चालनमा ल्याइएको र आगामी दिनमा कर्मचारीको सीप ज्ञान अभिवृद्धिका निम्ति पनि मा थालनी गर्ने उनले सुनाए ।

कम्पनीका नायब महाप्रबन्धक उमापति पोखरेलले पहिला भौतिक उपस्थितिमा तालिमहरू प्रदान गर्दै आएकोमा यस प्लाटफर्मले त्यो परिस्थितिको अन्त्य गरेको बताए । अब बीमा अभिकर्ता बन्ने दृढ इच्छाशक्ति भएको खण्डमा भौतिक तालिम नै लिन कुर्ननपर्ने र आफ्नो अनुकूल समयमा तालिम लिई बीमालाई नेपालीको घरघरमा पुर्‍याउन सकिने उनको भनाइ छ ।

कार्यक्रममा तालिम विभागका प्रमुख रोजेश बस्नेतले उक्त उक्त प्लाटफर्मको उपयोगिता र प्रयोग गर्ने तरिकाको बारेमा आफ्नो प्रस्तुतिकरण दिएका थिए । सूचना प्रविधि विभागका प्रमुख शरदचन्द्र प्याकुरेलले डाइनामिक क्यूआरको प्रयोग र उपयोगितामाथि प्रष्ट्याए ।

पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका सचिव तेजमणि शर्मा तिमल्सिनाले कम्पनीले सञ्चालनमा ल्याएको प्लयाटफर्मले तालिम प्रक्रियालाई सहज बनाउने बताए ।

बीमा अभिकर्ता संघ नेपालका वरिष्ठ उपाध्यक्ष नारायण दाहालले प्रविधिमैत्री प्लाटफर्मको अनावरण समारोहमा आफू सामेल हुन पाएकोमा खुसी जनाए ।

समापन मन्तव्यको क्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले यस प्रविधिको निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सामेल रहनुभएका सबै पदाधिकारीलाई धन्यवाद दिँदै ।

इनोभेशनलाई केन्द्रबिन्दुमा राखेर कम्पनीको प्रक्रियालाई सहज सरल चुस्त र दुरुस्त बनाउन कम्पनी सदैव तयार रहेको र सोपथमा लम्की पनि रहेको उनको भनाइ थियो । प्रविधिको अभावमा अभिकर्ता तथा ग्राहकहरूले भोग्नुपरेको पिर मार्कालाई समाधान गर्न कम्पनी अहोरात्र लागिरहेको कयालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर