बझाङमा जीप दुर्घटना- चालकसहित ४ जना घाइते – Nepal Press

बझाङमा जीप दुर्घटना- चालकसहित ४ जना घाइते

चैनपुर (बझाङ) । बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा. १८ च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो । सात जना यात्रु चढेको उक्त जीप तीव्र गतीका कारण सडकमै पल्टिएको हो ।

जीपका चालक तलकोट गाउँपालिका-१ का ५६ वर्षीय वीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका-११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर