खानेपानी निर्वाचनको विषयलाई लिएर निलम्बनमा परेका महानगर अध्यक्ष थापालाई एमालेले दियो जिम्मेवारी – Nepal Press

खानेपानी निर्वाचनको विषयलाई लिएर निलम्बनमा परेका महानगर अध्यक्ष थापालाई एमालेले दियो जिम्मेवारी

विराटनगर । विराटनगरको मानगढ खानेपानी उपभोक्ता समितिको चुनावको विषयलाई लिएर जिम्मेवारी खोसिएका नेकपा एमालेका तत्कालीन विराटनगर महानगरका अध्यक्ष सागर थापालाई पार्टीले जिम्मेवारी दिएको छ ।

उनलाई एमाले कोशी प्रदेश कमिटीअन्तर्गतको शहरी विकास विभागको सचिव पदमा नियुक्त गरेको हो ।

खानेपानी संस्थाको चुनावमा पार्टीको निर्णयविपरीत काम गरेको आरोपमा थापालाई दुई महिनाका लागि निलम्बन गरिएको थियो । पार्टीले उनको निलम्बन फुकुवा गरे पनि जिम्मेवारी भने दिएको थिएन । अहिले पार्टीले जिम्मेवारी दिएसँगै पार्टीको काममा फर्किएको थापाले बताएका छन् ।

पार्टीले उठाएको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार खडा गरेको आरोपमा विराटनगर महानगर कमिटीका उपसचिव नवराज नेपाललाई चार महिना र वडा नं ३ का वडा कमिटी अध्यक्ष लालमणि भट्टराईलाई ६ महिनाको लागि निलम्बन गरिएको थियो । लालमणि खानेपानी उपभोक्ता समितिको निर्वाचनमा पार्टीको निर्णयविपरीत अध्यक्षको उम्मेदवार बनेका थिए ।

नवगठित पार्टीले गठन गरेका शहरी विकास विभागको प्रमुखमा सुनसरीका लोकेश निरौला, उपप्रमुखमा सुशीला पहाडी र सचिवमा थापा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर