भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिमा सरकार प्रस्ट छ: गृहमन्त्री लेखक – Nepal Press

भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिमा सरकार प्रस्ट छ: गृहमन्त्री लेखक

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रस्ट रहेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार भएको बैठकमा उनले सरकार भ्रष्टाचार निवारण, नियन्त्रण र भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा प्रस्ट रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्न भ्रष्टाचारलाई पूर्ण रुपमा निर्मूल गर्न कानून र विधेयक प्रस्तुत भएको धारणा राखे ।

उनले भने, ‘प्रस्तुत विधयेक चाँडोभन्दा चाँडो समितिबाट टुंगो लगाएर आउने अधिवेशनमा यसलाई पूर्णता दिने कुरामा समितिले काम गरिदेओस् भन्ने सरकारको तर्फबाट आग्रह छ । यी विधेयक प्राथमिकतामा छन्, तुरुन्त पारित गरेर कानून बनाउनुपर्छ ।’

गृहमन्त्री लेखकले आउँदो अधिवेशनबाट पूर्ण रुपले पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल्याउन समितिले टुंगोमा पुर्‍याएर संघीय संसदको अधिवेशनमा प्रस्तुत गर्न आग्रहसमेत गरे ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनसम्वन्धी ऐनलाई समसामयिक रुपले परिमार्जन र संशोधन गर्न विधेयकहरु प्रस्तुत गरिएका छन् । जुन सम्मानित समितिमा विचाराधीन रहेको अवस्था छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर