चन्द्रागिरिको मातातीर्थमा व्यापार महोत्सव भव्यताका साथ जारी – Nepal Press

चन्द्रागिरिको मातातीर्थमा व्यापार महोत्सव भव्यताका साथ जारी

काठमाडौं । तिहार, नेपाल संवत् एवं छठ पर्वका लागि लक्षित चन्द्रागिरि औद्योगिक सांस्कृतिक पर्यटन, व्यापार महोत्सव २०८१ कात्तिक २ गतेदेखि १५ गतेसम्म भव्यताका साथ सञ्चालन हुँदै आएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ को बालागाउँस्थित मातातिर्थ चौरमा मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा सञ्चालन हुँदै आएको उक्त व्यापार महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुले आफ्नो कलाको बेजोड प्रस्तुति दिँदै आएको छन् ।

महोत्सवमा स्थानीय सिपबाट उत्पादन भएका हस्तकला तथा कृषि औजारको प्रदर्शनीका साथै ग्रामीण प्रविधि सम्बन्धी गतिविधिको प्रदर्शनी, अटोमोबाईल प्रदर्शनी, समेत समावेश गरिएको छ ।

साथै दैनिक उपभोग्य सामानको बिक्री तथा प्रदर्शनी, औद्योगिक उत्पादनको बिक्री एवं प्रदर्शनी, सुचना तथा विज्ञान प्रविधिको बिक्री तथा प्रदर्शनी समावेश गरिएको छ ।

महोत्सवका क्रममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भैरहेको छ भने, सांस्कृतिक, व्यापार तथा प्रर्यटकीय प्रदर्शनी र लत्ता कपड़ा तथा भाँडाकुँडाको प्रदर्शनी तथा बिक्री स्टलहरुसमेत राखिएको मातातिर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिए ।

महोत्सवका क्रममा एसियाकै उत्कृष्ठ बाल उद्यानको समेत व्यवस्था गरिने बताइएको छ । महोत्सवमा निःशुल्क प्रवेश दिइने आयोजकको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर