एमालेलाई युवराज चौलागाईंको प्रश्न- हिजो प्रश्न उठाएको व्यक्तिलाई शक्तिशाली मन्त्री बनाउने, विपक्षीलाई डाम्ने ? – Nepal Press

एमालेलाई युवराज चौलागाईंको प्रश्न- हिजो प्रश्न उठाएको व्यक्तिलाई शक्तिशाली मन्त्री बनाउने, विपक्षीलाई डाम्ने ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चौलागाईंले सरकारले आफ्नालाई चोख्याएर विपक्षीलाई निशाना बनाएको आरोप लगाएका छन् ।

बागमती प्रदेशसभा सदस्यसमेत रहेका चौलागाईंले काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै रवि लामिछानेलाई पक्राउ गरेर कांग्रेस-एमालेका नेताहरुलाई चोख्याएको भन्दै असन्तुष्टि जनाए ।

उनले भने, ‘रवि लामिछानेलाई पक्राउ गर्‍यो भनेर हाम्रो टाउको दुःखाइ होइन, तर सरकारमा हुनेहरुले आफ्ना मान्छेलाई चोख्याएको छ । राज्यले प्रतिशोध राखेको छ । हिजो उहाँहरु नै रवि लामिछाने निर्दोष हुनुहुन्छ भनेर संसदमा कुर्लिनुहुन्थ्यो ।’

प्रदेश सांसद चौलागाईंले हिजो एमालेले प्रश्न उठाएका व्यक्तिहरु अहिले ओली क्याविनेटमा शक्तिशाली मन्त्री रहेको बताए ।

उनले परराष्ट्रमन्त्री आरजु राणालाई लक्षित गर्दै भने, ‘आफ्नालाई जोगाएर विपक्षीलाई छानीछानी डाम्ने काम भएको छ, हिजो एमालेले प्रश्न उठाएको व्यक्ति अहिले क्याबिनेटमा शक्तिशाली मन्त्री हुनुहुन्छ । उहाँहरुको बारेमा पनि छानबिन हुनुपर्छ ।’

नेता चौलागाईंले सरकारको यस्तो प्रवृत्तिका विरुद्ध विपक्षीहरुको साझा मोर्चा बनाएर सडक, सदन सबैतिरबाट प्रतिरोध गर्ने बताए ।


प्रतिक्रिया

One thought on “एमालेलाई युवराज चौलागाईंको प्रश्न- हिजो प्रश्न उठाएको व्यक्तिलाई शक्तिशाली मन्त्री बनाउने, विपक्षीलाई डाम्ने ?

  1. क्यान्टोनमेण्टको अरबौं खाने तिम्रा महाराज अझै प्रधानमन्त्री खान नपाएर तडपिरहेका छन् । अरूका कुरा किन नि ? सुन तस्करहरू अझै खाउँला भनेर कुरलिदैं हिडेका छन् । खोइ तस्करका कुरा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *