धन्तेरसदेखि छठसम्म- यस्ताे छ यसपालिकाे साइत – Nepal Press

धन्तेरसदेखि छठसम्म- यस्ताे छ यसपालिकाे साइत

भाइटीकाको साइत बिहान ११ बजेर ३७ मिनेटमा

काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले  यसपालिकाे तिहारका विभिन्न कर्मका साइत सार्वजनिक गरेको छ ।

समितिका अनुसार कात्तिक १३ गते मंगलबार धन्तरेसको मनाइन्छ, १४ गते कागतिहार, यमदीपदान र धन्वन्तरी जयन्ती, १५ गते कुकुर तिहार, नरकचतुर्दशी, दीपमालिका, लक्ष्मीपूजा रहेको छ । त्यस्तै, कात्तिक १६ मा औंसी, १७ गते गाईगोरुपूजा, बलिपूजा हलितिहार, म्हपूजा र नेपाल संवत् ११४५ को प्रारम्भ रहेको छ ।

कात्तिक १८ गते आइतबार भने यमद्वितीया, भाइटी, किजापूजा रहेको छ भने भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३७ मिनेट रहेको समितिले जनाएको छ । त्यस्तै, कात्तिक २२ गते छठ पर्व परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *