साढे २ ग्रामको सुनको असर्फीको मूल्य करिब ३७ हजार, एउटाभन्दा किन्न नपाइने – Nepal Press

साढे २ ग्रामको सुनको असर्फीको मूल्य करिब ३७ हजार, एउटाभन्दा किन्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि आज सुनको असर्फी बिक्री सुरु गरेको छ । राष्ट्र बैंकले २.५ ग्रामको सुनको असर्फीको मूल्य ३६ हजार ८ सय ६५ रुपैँया तोकेको छ ।

राष्ट्र बैंकले चाँदीको सिक्का मेडालियन  आइतबारबाट नै बिक्री गरिरहेको थियो । १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित  मेडालियन बिक्री भइरहेको छ ।

लक्ष्मी मेडालियन, गणेश मेडालियन र गजलक्ष्मी मेडालियनको १० ग्रामका चाँदीका सिक्काको मूल्य २ हजार २ सय रहेको छ । गाई मेडालियन १० ग्रामको २ हजार २ सय तथा २५ ग्रामको ५ हजार ५ सय रहेको छ ।

राष्ट्र बैंकका सूचना अधिकारी डिलिराम पोखरेलले तिहारको लागि सुनको असर्फी आजबाट बिक्री सुरु भएको बताए ।

उनले भने, ‘सुनको असर्फी बिक्री सुरु भएको छ । २.५ ग्रामको असर्फीको मूल्य ३६ हजार ८ सय ६५ रुपैयाँ तोकिएको छ । एक जनालो एउटा मात्रै असर्फी किन्न पाउने छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *