बालुवाटार प्रदर्शनमा पुगेका रास्वपाका सांसद अशोक चौधरी पक्राउ
नेपाल प्रेस
२०८१ कार्तिक १३ गते १२:४६
काठमाडौं । बालुवाटारमा प्रदर्शन गर्न पुगेका रास्वपाका सांसद अशोक चौधरी पक्राउ परेका छन्।
सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै बालुवाटारमा प्रदर्शनमा उत्रिएका सांसद चौधरीसहित नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ गरेर सांसद चौधरीसहित नेता कार्यकर्तालाई प्रहरी वृत्त मालीगाउँ लगिएको जनाइएको छ।
शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले दमन र गिरफ्तारी गरेको भन्दै तत्काल छाड्न रास्वपाले माग गरेको छ।
प्रतिक्रिया
One thought on “बालुवाटार प्रदर्शनमा पुगेका रास्वपाका सांसद अशोक चौधरी पक्राउ”
Leave a Reply
सम्बन्धित खवर
संसदबाट गठन भएको छानबिन समितिको सिफास सरकारले कार्यान्वयन गर्दा त्यसको बिरोधमा उत्रिने सांसदहरूलाइ थप कार्वाही गर्ने कानुनी व्यवस्था गर्नु पर्छ । अन्यथा यस्तो अराजकता अझ बढ्ने छ ।