एयरपोर्टस्थित निगमको डिपोमा संसदीय समितिको अनुगमन- ठाउँसारी बारे निर्णय लिइने – Nepal Press

एयरपोर्टस्थित निगमको डिपोमा संसदीय समितिको अनुगमन- ठाउँसारी बारे निर्णय लिइने

काठमाडौं । संसदीय समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको डिपोको अनुगमन गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानको नेतृत्वमा समितिले मंगलबार उक्त डिपाेकाे अनुगमन गरेको हो ।

आयल निगमको डिपोलाई स्थानान्तरण गर्ने वा नगर्ने विषयमा संसदीय समितिले अनुगमन गरेको समितिले जनाएको छ ।

आइकाओको मापदण्ड अनुसार विमानस्थलको रनवे र ट्याक्सी वे को दुरी १७० मिटर हुनुपर्ने र त्यस मापदण्ड अनुसार अहिले मापदण्ड अपुग भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपो स्थानान्तरण गरिने वा नगरिने वा कसरी गर्ने भन्ने काम अघि बढेको बेला अहिलेको नेपाल आयल निगमको डिपो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बीच रहेको दुरी १५० मिटर भन्दा कम रहेको पाइएको छ ।

त्यसै डिपोलाई अर्को स्थानमा स्थानान्तरण गर्ने भएको र नेपाल आयल निगमको डिपोलाई स्थानान्तरण गरिने वा नगरिने विषयमा समितिले दुबै स्थानको अनुगमन गरेको हो ।

 नेपाल आयल निगमको डिपोलाई अर्को स्थानमा सार्ने वा नसार्ने विषयमा आगामी समितिको बैठकमा सम्बन्धित सरोकारवालालाई बोलाएर थप छलफल गरी सार्ने वा नसार्ने कार्य अगाडि बढाइने समितिले जनाएको छ ।

अनुगमनमा समितिका सदस्य सिता मिजार, गणेश पराजुली, हेमराज राई, सपनाराज भण्डारी, रेखा यादव, रुकमणी राना बराइली, सूर्यमान तामाङ र लाल प्रसाद सावां र समितिका सचिव तथा उपसचिव सहितको टोली र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थका निमित्त प्रहरी प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)डम्मरबहादुर बिक, नेपाल आयल निगमको डिपोका वरिष्ठ मेकानिकल इन्जिनियर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानका विभिन्न कर्मचारी सहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यस अन्तरगत रहेको नेपाल आयल निगमको डिपोलाई अनुगमन गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *