दिगो प्राकृतिक विपद् व्यवस्थापन गर्न भौगर्भिक अध्ययन जरुरी : मन्त्री दाहाल (भिडिओ) – Nepal Press

दिगो प्राकृतिक विपद् व्यवस्थापन गर्न भौगर्भिक अध्ययन जरुरी : मन्त्री दाहाल (भिडिओ)

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले दिगो रुपमा प्राकृतिक विपद् व्यवस्थापन गर्न भौगर्भिक अध्ययन जरुरी रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा वातावरणीय पक्ष तथा भौगर्भिक अध्ययन नगरि पूर्वाधार निर्माण भएका कारण प्राकृतिक प्रकोपका घटनामा धेरै धनजनको क्षति भएकाले भन्दै दिगो रुपमा प्राकृतिक विपद् व्यवस्थापन गर्न भौगर्भिक अध्ययन जरुरी रहेको बताएका हुन् ।

असोज ११ र १२ गतेको बर्षापछि आएकाले बाढीपहिरोको क्षतिलाई हेर्दा बस्ती तथा विपद् व्यवस्थापनतर्फ प्रयाप्त ध्यान दिनुपर्ने आवश्यकता देखिएको उनले बताए ।

त्यस्तै मन्त्री दाहालले प्राकृतिक प्रकोपको पूर्वतयारीमा प्रश्न नउठ्ने गरि आगामी दिनमा आवश्यक तयारीमा ध्यान दिनुपर्ने धारणा राखे ।

उहाले यातायात पूर्वाधारको विकास, आन्तरिक उत्पादनको बजारीकरण, रोजगारी सिर्जना लगाएतका कार्यक्रमलाई सरकारले ध्यान दिने जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *