साफ च्याम्पियनसिप: सुरक्षाको कारण देखाउँदै फाइनलमा एन्फाले दर्शकलाई लगायो यी सामानमा प्रतिबन्ध – Nepal Press

साफ च्याम्पियनसिप: सुरक्षाको कारण देखाउँदै फाइनलमा एन्फाले दर्शकलाई लगायो यी सामानमा प्रतिबन्ध

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिपको फाइनल खेलको दिन रंगशालामा केही निश्चित सामानहरु लैजान प्रतिबन्ध लगाएको छ ।

भोलि (बुधबार) हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलमा एन्फाले दशरथ रंगशालामा निश्चित सामानहरु लैजान निषेध गरेको हो ।

एन्फाले एक सूचना जारी गर्दै फाइनल खेलमा खेल मैदानमा उपस्थित दर्शकको सुरक्षा र व्यवस्थित वातावरणलाई मध्यनजर गर्दै केही सामग्रीहरूमाथि रंगशालाभित्र लैजान निषेध गरिएको जानकारी दिएको छ ।

हातहतियार ( बन्दुक, छुरा, र अन्य कुनै पनि प्रकारका धारिला, हातहतियार), धुम्रपान र आगो बाल्ने सामग्री ( चुरोट, लाइटर, सलाइ), मादक पदार्थ ( मदिरा र अन्य नशालु पदार्थहरू) लैजान निषेध गरेको छ । त्यस्तै झोला र ठूला ब्यागहरू ( साना ब्यागहरू) जाँचपछि मात्र अनुमति दिइनेछ, तर ठूला ब्यागहरू निषेध गरिएकाे छ।

हेल्मेट र सुरक्षात्मक उपकरणहरू ( हेल्मेट र यस्तै सुरक्षा सामग्रीहरू) ,प्रचार सामग्री (अनुमति बिना ब्यानर, झण्डा, पोस्टर आदिमा निषेध गरिएको एन्फाले सूचनामार्फत  उल्लेख गरेकाे छ ।

त्यस्तै प्रक्षेपण गर्न मिल्ने वस्तुहरू ( पानीको बोतल, क्यान, पत्थर, र अन्य फ्याँक्न मिल्ने , धातुका मुद्रा क्याइन), लेजर लाइट ( खेलाडी तथा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट),ड्रग्स र अन्य अवैध पदार्थ ( कुनै पनि प्रकारका लागू औषधहरू) र छाता ( लिबिस्टिक ,नेल कटर, कैँची, काइयो) समेत लैजान प्रतिबन्ध लगाएको छ ।

एन्फाले सबै दर्शकहरूलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा खेलको आनन्द उठाउन अनुरोध गरेको छ । सबैले नियमहरूको पालना गरी खेलकूदप्रति सम्मान जनाउने अपेक्षा समेत एन्फाले लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *