‘सुनौलो पाइला’ अनाथ आश्रमकाे मेहनतमा ढकमक्क फुलेका फूलहरु (तस्बिरसहित)
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित एक अनाथ आश्रमले तिहारलाई लक्षित गरी सयपत्री फूलकाे खेती गरेको छ ।
गोकर्णेश्वरको सुन्ताखानमा ‘सुनौलो पाइला’नामक अनाथ आश्रमले राेपेकाे सयपत्री फूल यतिबेला फुलेर ढकमक्क भएकाे छ । बारीमा ढक्कमक्क भएकाे फूल टिपेर माला उन्न उनीहरुलाई भ्याइनभ्याइ छ ।
संस्थाकी अध्यक्ष रोजिना बिष्टका अनुसार फूल बिक्रीबाट आउने रकम त्यही अनाथ आश्रममा आश्रित बालबालिकाको खर्चमा प्रयोग हुँदै आएको छ। उनीहरुले खाली जग्गामा सयपत्रीको फूल लगाएका थिए । आश्रमले सयपत्री फूल टिपेर माला उनेर बजार पठाउने तयारीमा जुटेको छ ।
तिहारमा फूलको माग धान्नै नसकिने अध्यक्ष विष्टको अनुभव छ ।