समस्याग्रस्त सहकारीको करिब डेढ अर्ब बचतकर्तालाई फिर्ता, सम्पत्ति बिक्री र लिलामबाट पनि राफसाफ गरिँदै (भिडिओ) – Nepal Press

समस्याग्रस्त सहकारीको करिब डेढ अर्ब बचतकर्तालाई फिर्ता, सम्पत्ति बिक्री र लिलामबाट पनि राफसाफ गरिँदै (भिडिओ)

काठमाडौं । समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले हालसम्म ६ हजार १ सय ५५ बचतकर्ताको सत प्रतिशत बचत फिर्ता भएको बताएको छ ।

मंगलबार काठमाडौंमा समितिले आयोजना गरेको समस्याग्रस्त सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ताको कार्यक्रममा भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले समस्याग्रस्त सहकारीबाट हालसम्म ६ हजार १ सय ५५ बचतकर्ताको १ अर्ब ४८ करोड ५१ लाख ३७ हजार रुपैयाँ फिर्ता गरिएको जानकारी दिए ।

त्यस्तै आंशिक रुपमा हालसम्म ४ सय ३८ बचतकर्ताको ३ करोडभन्दा बढी रकम फिर्ता गरिएको छ । संकटग्रस्त सहकारीका ५६ हजार ६ सय ५ बचतकर्ताको ३८ अर्ब ४२ करोड ३ लाख २९ हजार ८ सय ११ रुपैयाँ बचत फिर्ता गर्न बाँकी रहेको मन्त्री अधिकारीले बताए ।

उनले संकटग्रस्त सहकारीमा भएको सम्पत्ति बिक्री, लिलाम वा साटासाट गरेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने र सहकारीबाट ऋण लिएर नतिर्नेहरुको सम्पत्ति लिलाम गर्ने निर्णय भएको धारणा राखे ।

उनले केही सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्नका लागि प्रक्रिया सुरु भइसकेको जिकिर गरे । मन्त्री अधिकारीले हाल सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी सहकारीहरु १९ वटा रहेको र बाँकी छुट मागदावीकर्तालाई बचत फिर्ता गरि राफसाफ गरिएको सहकारीको संख्या ३ रहेको जानकारी दिए ।

मन्त्री अधिकारीले चालू आर्थिक मसान्तसम्म थप ९ सहकारी संस्था राफसाफ गर्ने लक्ष्य लिइएको बताए। त्यस्तै १३ हजार ७५ ऋणी सदस्यहरुबाट २३ अर्व ६२ करोड ९६ लाख ५८ हजार ७ सय ९४ रुपैया असुलीतर्फ अन्तिम कारवाहीको प्रक्रिया अघि बढाउने योजना रहेको उनले बताए । कार्यक्रममा समस्याग्रस्त केही सहकारीका बचतकर्तालाई बचत रकम फिर्ता गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर