दराजद्वारा १८ उत्कृष्ट विक्रेता सम्मानित
काठमाडौं । नेपालकै अग्रणी अनलाइन बजार, दराज नेपालले ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा विक्रेता सम्मेलन सम्पन्न गरेको छ ।
‘ईम्पावरिंग सेलर्स, फ्यासिलिटेटिंग ग्रोथ’ नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममार्फत दराज नेपालले दराज प्लाटफर्मको मेरुदण्डका रुपमा रहेका आफ्ना लगनशील विक्रेताहरूलाई प्रोत्साहनका लागि सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष अब्दुल खानले परिवर्तनशील डिजिटल युगसँग अनुकूल हुनु वर्तमान आवश्यकता रहेकोमा जोड दिए ।
दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजको आजको दिनको सफलतामा विक्रेताहरूको मुख्य भूमिका रहेको बताए ।
‘विक्रेताहरुको अथक मिहिनेत, परिश्रम, साथ र सहयोग नै दराजले पाएको यो सफलताको प्रमुख कारण हो ‘, कुँवरले भने ।
कार्यक्रममा दराज नेपालका चिफ लजिस्टिक्स अफिसर, सन्तोष विष्ट, चिफ कमर्शियल अफिसर प्रवीण रुक्शान र मार्केटप्लेस प्रमुख प्रशान्त बुर्लाकोटीले ई-कमर्समा विक्रेता पारिस्थितिको तन्त्र (ईको सिस्टम) को महत्व उजागर गर्दै दराज प्लाटफर्मको प्रगतिमा उल्लेख्य भूमिका रहेका सहायक रणनीतिहरू बारेमा जानकारी गराए ।
कार्यक्रममा दराज प्लेटफर्ममा उत्कृष्टता प्राप्त गरेका १८ विक्रेताहरूलाई सम्मान गरिएको थियो ।
दराज सेलर समिट क्याटगरि अवार्डका विजेताहरु :
- सेलर अफ दि ईयर २०२४ : मसलब्लेज (प्रोटिन नेपाल) र सेटाफिल
- कस्टमर च्वाइस अवार्ड : म्हिचा
- मनैदेखि नेपाली अवार्ड : नेपाल टि एक्स्चेन्ज
- दराज स्पेशल रिकग्निशन अवार्ड : आर एन ईलेक्ट्रोनिक्स
- टप न्यू एसएमई सेलर : ईकमर्स बजार
- टप ईमर्जिंग सेलर : एभरस्को
- टप सेलर- एफएमसीजी क्याटेगरी : बिराट हेल्थकेयर ईन्डस्ट्रिज
- फ्ल्याश सेल हिरो – एफएमसीजी क्याटेगरी :ज्यासमिन हाइजिन प्रडक्ट्स
- क्याम्पेन हिरो – एफएमसीजी क्याटेगरी : एयविबी
- टप सेलर – फेशन क्याटेगरी : शुज स्पट
- फ्ल्याश सेल हिरो – फेशन क्याटेगरी : ई-स्टोर्स
- क्याम्पेन हिरो- फेशन क्याटेगरी : फ्यानसेरा
- टप सेलर- ईलेक्ट्रोनिक्स क्याटेगरी : वानप्लस
- फ्ल्याश सेल हिरो-ईलेक्टोनिक्स क्याटेगरी : उक्स-एज
- क्याम्पेन हिरो – ईलेक्टोनिक्स क्याटेगरी : बोट ( टेलिटक )
- टप सेलर – लाईफस्टाइल क्याटेगरी : ई-मेला
- फ्ल्याश सेल हिरो- लाईफस्टाइल क्याटेगरी : एसपीएन‘स्
- क्याम्पेन हिरो – लाईफस्टाइल क्याटेगरी : कामाख्या डेकोर
पाकिस्तान, बङ्गलादेश, श्रीलंका, नेपाल र म्यान्मारमा सञ्चालनमा रहेको दराज, सन् २०१५ मा स्थापित दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । ६ लाख ५० हजार भन्दा बढी सक्रिय विक्रेताहरूलाई उच्चस्तरीय बजार प्रविधिहरू प्रदान गर्दै, ५० करोड जनसंख्या रहेको यस क्षेत्रमा उपभोक्ता वर्गसम्म सहज पहुँच पुर्याउन सघाइरहेको कम्पनीले जनाएको छ ।
दराज एक्स्प्रेस र दराज पे मार्फत, दराजले आफ्ना बजारहरूमा अत्यन्त प्रभावकारी र डिजिटलाइज्ड ढुवानी तथा भुक्तानी पूर्वाधार संचालन गरिरहेको छ । सन् २०३० सम्ममा ५ करोड उपभोक्ता र व्यवसायलाई सेवा उपलब्ध गराउँदै दक्षिण एसियाकै प्रमुख ई-कमर्स प्लेटफर्म बन्ने उद्देश्य रहेको पनि दराजका अधिकारी बताउँछन् ।