बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल संसदीय समितिबाट अनुमोदित (भिडिओ)
नेपाल प्रेस
२०८१ कार्तिक १४ गते ११:५०
काठमाडौं । बेल्जियमका लागि नेपाली राजदूतमा सरकारले सिफारिस गरेकी सेवा लम्साल संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएकी छन् ।
बुधवार संसदीय सुनुवाइ समितिको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरिसकेपछिको छलफलपछि उनी सर्वसम्मतबाट अनुमोदित भएकी हुन् ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएपछि अब लम्साललाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ ।
कार्य योजनामा उनले युरोपेली मुलुक र बहुपक्षीय फोरममा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
प्रतिक्रिया
सम्बन्धित खवर