नेपाल-बंगलादेशबीचको फाइनल यी ठाउँबाट स्क्रिनमा देखाइने – Nepal Press

नेपाल-बंगलादेशबीचको फाइनल यी ठाउँबाट स्क्रिनमा देखाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल तीन स्थानबाट देखाइने भएको छ ।

टुँडिखेल, चावहिल फुटबल ग्राउण्ड र हाँडीगाउँबाट साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।

साफ वुमन्स च्याम्पियनसिप (साउथ एशियन फुटबल फेडेरेसन वुमन्स कप) २०२४ को फाइनल खेलमा आज नेपाली महिला फुटबल टिमले वंगालादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

दशरथ रंगशालामा पुगेर खेल हेर्न नसक्ने दर्शकको लागि महानगरले तीन ठाउँबाट खेल हेर्ने व्यवस्था मिलाएको महानगरपालिकाले जनाएको छ ।

महानगरले एक सूचना जारी गरेर भनेको छ ,‘यो खेल हेर्न धेरै दर्शकहरुलाई चाहना छ । तर, खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन छ । यसकारण, हामीले खेलमैदानमा पुग्न नसक्ने तर खेल मैदान जत्तिकै उत्साहका साथ खेल अवलोकन गर्ने अवसरका लागि टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ) मा एलईडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउँदैछौँ ।’

महानगरले खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान फुटबल खेलप्रेमी दर्शकहरुलाई अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *