संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बाधा पुग्नेगरी संविधान संशोधन हुँदैन : ईश्वर पोखरेल (भिडिओ) – Nepal Press

संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बाधा पुग्नेगरी संविधान संशोधन हुँदैन : ईश्वर पोखरेल (भिडिओ)

विराटनगर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बाधा पुग्ने गरी संविधान संशोधन नगरिने स्पष्ट पारेका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले र नेपाली कांग्रेस बीच संविधान संसोधनका विषयवस्तु र प्रक्रिया बारे छलफल भईरहेको भन्दै मुलुकको उपलव्धीलाई बाधा पुग्ने गरि संविधान संशोधन नगरिने स्पष्ट पारेका हुन् ।

उनले संविधान सहमतिको दस्तावेज भएकाले यसलाई सबैको सहमतिमा संसोधन गरिने जानकारी बताए ।

उनले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा सबैलाई कारवाही गर्नुपर्ने जिकिर गर्दै कसैप्रति पूर्वाग्रह नराखिएको बताए । सहकारी ठगी प्रकरणमा नयाँ पार्टीको व्यवहार लोकतन्त्र अनुकूल नदेखिएको उनको भनाइ छ ।

पोखरेलले मीन बहादुर गुरुङले दिएको जग्गा पारदर्शी रुपमा पार्टीले ग्रहण गरेको र अदालती प्रक्रियामा गइसकेकोले अदालतको निर्णयलाई हेरेर अघि बढ्ने जानकारी दिए ।

गुरुङ एमालेको शुभचिन्तक भएकाले अपारदर्शी ढंगले कुनै काम नभएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर