कांग्रेसबाट उपनिर्वाचनको कमाण्ड विश्वप्रकाशले सम्हाल्ने, को-को छन् सदस्य ?
काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा स्थानीय तह उपनिर्वाचन २०८१ केन्द्रीय संयोजन समिति गठन गरेको छ ।
सभापति शेरबहादुर देउवाले आज समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार कांग्रेसको विधान २०१७ (संशोधनसहित)बमोजिम महामन्त्री शर्माको संयोजकत्वमा समिति गठन गरेका हुन् ।
समितिको सदस्यमा सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य र सदस्य सचिव प्रकाश शर्मा छन् ।
स्थानीय तहको उपनिर्वाचन यही मंसिर १६ गते हुँदैछ ।
विश्व प्रकाश एकदम खराब नेता हो । यसको कमाण्डलाई असफल बनाओैं । घण्टीलाई सबै ठाउँमा जिताएर चोरहरूको नाक खुम्चाईदिउँ ।