यी हुन् मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेका १२ निर्णय (सूचीसहित) – Nepal Press

यी हुन् मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेका १२ निर्णय (सूचीसहित)

संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद २ महिना थप

काठमाडौं । सरकारले नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद २ महिना थप गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत असारमा नेपाल संस्कृत विश्वविद्यालयका नाममा विभिन्न ठाउँमा रहेका जग्गा खोज्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।

उक्त समितिको म्याद २ महिना थप गरिएको सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

मन्त्री गुरुङका अनुसार मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण नियमावली, २०८१ स्वीकृत गरेको छ भने विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ स्वीकृत पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर