धनुषा प्रशासनको चेतावनी- दिपावलीमा अमर्यादित गतिविधि गर्नेलाई कारबाही हुन्छ
नेपाल प्रेस
२०८१ कार्तिक १४ गते १७:४३
जनकपुरधाम । दिपावली तथा छठ पर्वको नाममा अमर्यादित गतिविधि गर्नेलाई कारबाही गर्ने धनुषा प्रशासनले चेतावनी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै चाडपर्वको नाममा अमर्यादित क्रियाकलाप नगर्न चेतावनी दिएको हो । पटाका पड्काउन र अबेर रातिसम्म देउसीभैलो खेल्न प्रशासनले समेत रोक लगाएको छ ।
चाडपर्वको नाममा पटका पडकाउने, अवेर रातीसम्म देउसी, भैलो खेल्ने, मादक पदार्थ सेवन गरी अश्लिल गीतमा नाच्ने धार्मिक सदभाव खलबलिने जस्ता अनैतिक अवाञ्छित गतिविधी नगर्न नगराउन जिल्लावासीसंग प्रशासनले चेतावनी दिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर