कुकुर तिहारमा ‘फौजी कुकुर’ को कला (तस्बिरहरु) – Nepal Press

कुकुर तिहारमा ‘फौजी कुकुर’ को कला (तस्बिरहरु)

काठमाडौं । आज घरघरमा कुकुरलाई पूजाआराधनासहित मीठा-मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदैछ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने प्रचलन छ ।

भैरवको बाहनको रूपमा मानिने कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।

त्यसबाहेक सुरक्षा निकायले अपराध अनुसन्धान, नियन्त्रण, विपद् खोज उद्धारमा तालिमप्राप्त कुकुर प्रयोग गर्ने गरेका छन् । देशका विभिन्न ठाउँमा भएको गम्भीर र रहस्यमय घटनाको अनुसन्धान र अपराधी पत्ता लगाउन तालिमप्राप्त कुकुरले सहज बनाएका उदाहरण प्रशस्त छन् । कुकुरका लागि तालिम र खाना खर्चसहित सबै बन्दोबस्तीका लागि राज्यले नै बजेट छुट्याउँदै आएको छ ।

नेपाली सेनाको भैरव बहान गुल्मले कुकुर तिहारको अवसरमा ‘सैनिक डग तथा कला प्रदर्शनी’ गरेको छ । सेनाका तालिम प्राप्त कुकुरहरूको पूजा गर्नुका साथै विभिन्न कला प्रस्तुत गराइयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर