सहकारी प्रकरणमा दोषी देखिएका सबैमाथि अनुसन्धान र कारबाही हुन्छ : ईश्वर पाेखरेल (भिडिओ) – Nepal Press

सहकारी प्रकरणमा दोषी देखिएका सबैमाथि अनुसन्धान र कारबाही हुन्छ : ईश्वर पाेखरेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी प्रकरणमा दोषी देखिएका सबैमाथि अनुसन्धान र कारबाही हुने बताएका छन् ।

नेकपा एमाले ओखलढुङ्गा काठमाडौं सम्पर्क मञ्चले बिहीबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रसाद कार्यक्रममा पोखरेलले संसदीय छानबिन समितिको प्रतिवेदनअनुसार सहकारी प्रकरणमा छवि र रविदेखि दोषी देखिएका सबैमाथि अनुसन्धान र कारबाही हुने बताएका हुन् ।

सबै दलका प्रतिनिधि रहेको संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्दा सवैले स्वभाविक रुपमा लिनुपर्ने उनले बताए ।

पोखरेलले सहकारी प्रकरणमा अनावश्यक विरोध प्रदर्शन र दोषारोपण गरेर अहिले मुलुकलाई अराजकतातर्फ लैजाने षडयन्त्र भइरहेको धारणासमेत राखे । उनले अराजकताका विरुद्ध खवरदारी गर्न कार्यकर्तालाई आग्रह गरे ।

पोखरेलले पार्टी कार्यालय निर्माणका लागि एमाले निकट मीनबहादुर गुरुङले दिनुभएको जग्गा पारदर्शी रुपमा पार्टीले ग्रहण गरेको र अपारदर्शी ढंगले कुनै काम नभएको दाबी गरे ।

मीनबहादुर गुरुङ एमाले निकट भएकै उहालाई कारण २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट समानुपातीक सदस्य बन्न प्रस्ताव गरेको उनले बताए ।

पोखरेलले कांग्रेस–एमालेबीचको सहकार्य आगामी चूनावसंग रहने र त्यसपछि पार्टी एक्लै चूनाव लड्ने जिकिर गरे । मुलुकमा संकट देखा परेकाले ठूला दुई दल मिल्नुपरेको भन्दै उनले कांग्रेस–एमालेको गठबन्धनलाई अन्यथा नलिन उनले आग्रह गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *