इन्सले मनायो महकवि देवकोटाको ११६ औं जयन्ती
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) अन्तर्गत भाषा तथा साहित्य समितिले महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे औं ११६ जयन्तीको अवसरमा वृहत कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार भर्चुअल माध्यमद्वारा गरिएको कार्यक्रममा नेपालसहित विभिन्न देशबाट सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाली भाषा तथा साहित्यका मुर्धन्य व्यक्तित्व एवम् भाषा समितिका सदस्य गोपल अश्क प्रमुख वक्ताको रुपमा रहेका थिए ।
महाकवि देवकोटाका बारेमा दशकौं अध्ययन गरेको तथा देवकोटाको व्यक्तित्व तथा कृतित्वमाथि भएका अध्ययन अनुसन्धानमा समालोचकको भूमिका निभाएको अनुभव संगालेका अश्क आफैँमा नेपाली भाषा साहित्यको खोज तथा अनुसन्धान विज्ञ, समालोचक, गजलकार तथा क्षेत्रीय भाषाको ज्ञातासमेत रहेका अश्कले देवकोटा माथिको भ्रम चिर्दै उनको व्यक्तित्व र कृतित्व प्रकास पारेका थिए ।
साथै कार्यक्रममा देश तथा विदेशमा रहेर नेपाली साहित्यमा टेवा पुर्याइरहेका विज्ञहरुले महाकविको सम्झनामा तथा दीपावालीको उपलक्ष्यमा रचना वाचन गरेका थिए ।
कार्यक्रममा उप प्रा. रोमकान्त सापकोटा (क्यानडा) तथा नेपाल सरकारका सचिव तेज तेजबहादुर गुरूंग (च्हाक्ली तमु, कास्की)ज्याक ह्याफ्लिन (अमेरिका) जस्ता साहित्यकार एवम् विद्द्त व्यक्तित्वले आफ्ना रचना वाचन गर्दै कार्यक्रम सफलताको शुभकामना पनि दिए ।
त्यसैगरी, वैद्यनाथ श्रमजीवी, वीरगन्ज (पर्सा), डा. दिनेश घिमिरे (गुल्मी), प्रमोद पांडे, हेरम्ब (पर्सा), बाबुराम गौतम (जुभुंग, गुल्मी), शिव त्रिपाठी (कास्की), रोशन तिमिल्सिना (कास्की), शोभा दाहाल (धनकुटा), आर डी भट्ट (बैतडी), ढाकामोहन बराल(कास्की)लगायत जर्मनी, नर्वे, डेन्मार्क, रुस, दक्षिण कोरिया, कतार, युएई, साउदी अरेबिया, भारत, चीनलगायत विभिन्न मुलुकबाट साहित्यकार तथा पर्यवेक्षकको कार्यक्रममा प्रतिनिधित्व, रचना वाचन एवम् मन्तव्य रहेको केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले जानकारी दिएका छन् ।
डा. चैतन्य अधिकारीले बिभिन्न कविता वाचन गर्दै सन्चालन गरेको यस कार्यक्रमको अध्यक्षता इन्स भाषा तथा साहित्य समितिका अध्यक्ष डा. जानुका पौडेलले जनाएका थिए । कार्यक्रमको समापनका क्रममा डा. पौडेलले देवकोटा माथिको थप भ्रम चिर्दै उनको व्यक्तित्व र कृतित्व प्रकाश पार्नुका साथै कविता पनि वाचन गरेकी थिइन् ।