पशुपतिको गौशालामा गाई पूजा (तस्बिरहरु)
नेपाल प्रेस
२०८१ कार्तिक १७ गते ९:४९
काठमाडौं । आज यम पञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।
गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।
गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
घरमा गाई नभएकाले पशुपतिको गौशालामा पनि गाई पूजा गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर