प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण (भिडिओ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण गरेका छन् ।
शनिबार भक्तपुरको थिमिमा नेपाल संवत् नयाँ वर्ष ११४५ को अवसरमा शङ्खधर प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री ओली मुलुकभित्रको सास्ंकृतिक कला, संस्कृति र सम्पदाको सवै मिलेर जगेर्ना गर्नुपर्ने बताए । उनले पाठ्यक्रममा ऐच्छिक बिषयको रुपमा नेपाल भाषालाई समावेश गर्न आवश्यक प्रवन्ध गर्ने धारणा राखे ।
शंखधर साख्वाको कामले सुरु भएको नेपाल सम्वतलाई आगामी दिनमा पनि ऐतिहासीक रुपमा मनाइने उनले बताए ।
तत्कालीन अवस्थाको कान्तिपुर इलाकामा बस्ने साख्वाले गरीव नेपालीलाई ऋणमुक्त गराएको इतिहासविद्हरुको भनाइ छ । वि.सं. ९३७ मा कान्तिपुर र भादगाउँका जनताको ऋण तिरेर नेपाल सम्वतको थालनी गरेको बताइदै आइएको छ ।