ओलीलाई देउवाको सुझाव- सरकारको सय दिन निकै राम्रो भयो, आगामी दिनमा अझै राम्रो गर्नुस् (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका छन् ।
कांग्रेस भक्तपुरले शनिबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वभाविक भएको भन्दै सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका हुन् ।
सरकारका विषयमा भएका आलोचनालाई मध्यनजर गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न प्रधानमन्त्रीलाई आफूले सुझाव दिने उनले बताए ।
त्यस्तै, सभापति देउवाले एमालेसंगको गठबन्धनमा देशभरका कांग्रेस नेता तथा कार्यकर्ताहरु खुसी रहेको धारणा राखे । अहिलको सरकारलाई पूरा समयसम्म सफल पार्नका लागि आफूले पहल गर्ने उनको भनाइ छ ।
त्यस्तै, देउवाले कुनै पनि क्षेत्र समस्याविहीन हुन नसक्ने भन्दै पार्टीभित्र देखिएका समस्याहरु पनि समाधान गर्न लाग्नुपर्ने जिकिर गरे ।
लोकतन्त्रमा सरकारका कामलाई लिएर रचनात्मक विरोध हुनु लोकतन्त्रको सुन्दरता हो । तर व्यक्तिगत गालिगलौज गर्नु, अशिष्ट भाषामा विरोध गरेर पो रिस उठेको । गालि गर्ने फेरि लैनचौरका हण्डीवाला हुन् । पैसा पाए सन्तान पनि बेच्ने । कुनै व्यापारीले कुनै पार्टीको भवन बनाउँदा अरूलाई टाउको दुखाई किन ? पार्टीमा जो पनि प्रवेश गर्न सक्छ र त्यो कार्यालयको उपयोग गर्न सक्छ । अरू पार्टीले पनि विना सहयोग बनाएकै छैनन । अझ कतिले त सहयोग लिएर आफैंले खाईदिएका छन् । त्यसको कुरा छैन, लैनचौरबाट हण्डी खायो ओलिको विरोध गर्यो । …. जान्न चाहान्छन् भन्ने एउटा पत्रकार छ ।त्यसले दिनदिनै एमालेको दाने जग्गा भन्छ,एमाले र ओलिको मात्र विरोध गर्न राजनीति गरेको रौतहटको साह दलालको समाचार छाप्छ, दिल्लीको दलाली गर्छ । बस् यत्ति हो । यी हुन् लोकतन्त्रका शत्रु , देशद्रोहीहरू । विरोध यिनको गरौं ।
@Ksp Pyl you showed your true colour!!!. Bogus thoughts
When I go against the handi lovers they call my thoughts bogus.
Bro, you are ye-maa-le supporter. You follow imported marxist-Socialist ideology. You go back to Europe the original place of Marxism, you don’t belong here.