विश्वमा हरेक चार दिनमा एक पत्रकारको हत्या हुने गरेकाे संयुक्त राष्ट्र संघको रिपोर्ट – Nepal Press

विश्वमा हरेक चार दिनमा एक पत्रकारको हत्या हुने गरेकाे संयुक्त राष्ट्र संघको रिपोर्ट

काठमाडौं । विश्वमा हरेक चार दिनमा एक पत्रकारको हत्या भइरहेको संयुक्त राष्ट्र संघको निकाय युनेस्कोले सार्वजनिक गरेको छ । पत्रकार हत्याको घटना सन् २०२२ र २०२३ मा विगतका दुई वर्ष अगाडिको तुलनामा ३८ प्रतिशत बढेको पनि युनेस्कोले उल्लेख गरेको छ ।

शनिवार सार्वजनिक भएको रिपोर्टअनुसार यस्तो तथ्याङ्क आएको हो । शनिवार पत्रकारमाथि भएका हिंसाको दण्डहीनताको विरोधको दिवस पनि हो । यो दिवस संयुक्त राष्ट्र संघको औपचारिक दिवस हो ।

सन् २०२३ मा मारिएका पत्रकारहरुमा ८६ प्रतिशत स्थानीय पत्रकार थिए । १६२ हत्या गरिएका पत्रकारमा २४ जना प्यालेस्टानका र बहुसंख्यक पत्रकार ल्याटिन अमेरिका र क्यारिबियनका भएको पाइएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *