यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : एक खेल अगावै लुम्बिनी फाइनलमा, कोशी बाहिरियो – Nepal Press

यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : एक खेल अगावै लुम्बिनी फाइनलमा, कोशी बाहिरियो

विराटनगर। विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश फाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले लगातार पाँचौँ जित हात पार्दै एक खेल अगावै फाइनलमा स्थान पक्का गरेको छ।

आज भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्‍यो । विराटनगर स्थित बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ४८.३ ओभरमा सबै विकेट गुमाएर १८१ रन बनायो। बागमतीका लागि शार्थक धिताल र उत्तम मगरले समान ३५/३५ रनको योगदान दिए।

कोशीका प्रतिक पोखरेल र प्रेम कामतले ३/३ विकेट लिए। जवाफी ब्याटिङमा कोशी २९.५ ओभरमा १११ रनमा समेटियो। टिमका लागि सोनु अन्सारीले सर्वाधिक ३० र क्रितिक कामतले २६ रन बनाए। बागमतीका दीपक सेरले ५ विकेट लिँदै प्लेयर अफ द म्याच पुरस्कार हात पारे। मर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको अर्को खेलमा वर्षाका कारण २७ ओभरमा छोट्टाइएको खेलमा गण्डकीले पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर ८६ रन बनायो।

गण्डकीका सोहेल कुँवरले सर्वाधिक २५ रन बनाए। लुम्बिनीका सन्तोष यादव र आकाश त्रिपाठीले ३/३ विकेट लिए। ८७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २२.४ ओभरमा ५ विकेट गुमाएर विजय हासिल गर्‍यो।

टिमका लागि सन्तोष यादवले अविजित ४४ रन बनाएर प्लेयर अफ द म्याच बने। गण्डकीका अपरित पौडेल र सिब्रीन श्रेष्ठले २/२ विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर