मुख्यमन्त्री कार्कीले दाजु दीपकसँगै बहिनीहरुबाट लगाए टीका
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भाइटीका ग्रहण गरेका छन् । उनले आज शुभ साइतमा बहिनीहरुबाट भाइटीका लगाएका हुन् ।
झापा गौरदह ३ स्थित निवासमा बहिनीहरुबाट उनले टीका ग्रहण गरेका हुन् । बहिनी सुशीला कार्की र पार्बता थापाबाट दाजु दिपक कार्कीसँगै मुख्यमन्त्री कार्कीले टीका ग्रहण गरेका हुन् ।
मुख्यमन्त्री कार्कीका पाँच जना दिदिबहिनी छन् । मुख्यमन्त्री कार्कीले टीका ग्रहणसँगै नेपालीहरुको मौलिक पर्वले एक आपसमा भावनात्मक एकता बढाउने बताए ।
नेपालीहरुको संस्कृति, परम्परा र चाडपर्वले हाम्रो पहिचानलाई स्थापित गर्ने बताउँदै यस्ता संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्नु सबै दायित्व भएको बताए ।