प्रधानमन्त्री ओलीद्वारा बहिनीहरुबाट भाइटीका ग्रहण
नेपाल प्रेस
२०८१ कार्तिक १८ गते १४:५२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् ।
प्रधानमन्त्री ओलीले आज वालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाउनुभएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । उत्तम साइत पछि पनि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ ।
यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ ।
प्रतिक्रिया
One thought on “प्रधानमन्त्री ओलीद्वारा बहिनीहरुबाट भाइटीका ग्रहण”
Leave a Reply
सम्बन्धित खवर
यो मार्क्सबादी-समाजबादी ढोंगीले हामी सनातन परम्परा मान्नेहरूको चाड मनाएको सही होइन। सनातन परम्परा सापेक्ष संविधान चाही मिल्काउने, तर सनातन परम्परा चाही, भोट प्राप्त गर्न , माने जस्तो गर्ने! वाह फटाहा हरू !!