अर्घाखाँचीमा भारतीय कार दुर्घटना हुँदा चालकको मृत्यु – Nepal Press

अर्घाखाँचीमा भारतीय कार दुर्घटना हुँदा चालकको मृत्यु

रुपन्देही । अर्घाखाँचीमा भारतीय नम्बरको कार दुर्घटनामा भएको छ।

सन्धिखर्क नगरपालिका–११ ढुङ्गेदेउरालीस्थित भित्री सडक खण्डमा खनदहदेखि सन्धिखर्कतर्फ आउँदै गरेको एचआर५५एयू८७९३ नम्बरको भारतीय कार अनियन्त्रित भई बाटोबाट ८ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनामा परी कार चालक मालारानी गाउँपालिका  ७ का नवीन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *