रविलाई आज अदालतमा उपस्थित गराइयो
नेपाल प्रेस
२०८१ कार्तिक २० गते १०:३३
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
उनीसहित छविलाल जोशी, जीवी राईसँग जोडिएका लीला पछाइ र नेचर हर्ब्सका रामबहादुर खनाललाई पनि अदालत उपस्थित गराएको हो ।
कात्तिक २ गते काठमाडौं पक्राउ परेको रविलाई तेस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।
प्रतिक्रिया
रबिलाई जेल कोचेर मात्र हुदैन, दिनमा ३ कोर्रा हान्नुपर्छः डा. सुन्दरमणि दीक्षित