सुन तोलामा २८ सयले घट्यो
नेपाल प्रेस
२०८१ कार्तिक २० गते १२:१४
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २८ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला एक लाख ६८ हजार दुई सय तोकेको छ ।
यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला एक लाख ७१ हजारमा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा प्रतितोला रु २१ घटेको छ ।
महासङ्घले एक तोला चाँदीको मूल्य रु दुई हजार ३० तोकेको छ । यसअघि चाँदी प्रतितोला रु दुई हजार ९० मा कारोबार भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर