बराहक्षेत्र घुम्न गएका सागर र सेवक एक सातादेखि सप्तकोशीमा बेपत्ता – Nepal Press

बराहक्षेत्र घुम्न गएका सागर र सेवक एक सातादेखि सप्तकोशीमा बेपत्ता

विराटनगर । सप्तकोसी नदीमा पौडी खेल्ने क्रममा एक सातादेखि बेपत्ता भएका दुई जना युवाको अझै पत्तो लाग्न सकेको छैन ।

रामेछापको मन्थली घर भएका युवाहरू कार्त्तिक १४ गतेबाट बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा बेपत्ता हुनेमा मन्थली नगरपालिका १२ का २३ वर्षीय सागर खड्का र १७ वर्षीय सेवक खड्का रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कात्तिक १४ गते बिहान ८ः ५० बजे सप्तकेशीम नदीको बगरमा झोला राखेर पौडी खेल्न पसेका थिए । पौडी खेल्ने क्रममा उनीहरूलाई नदीले बगाएको सूचना प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका विभिन्न युनिटहरू खोजी कार्यमा परिचालित भएका छन्।

बराहाक्षेत्रस्थित सप्तकोशी किनारमा उनीहरूका झोला र नागरिकता फेला परेको छ। झोलामा भेटिएको कागजताक अधारमा उनीहरूको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार सिसिटिभी फुटेजमा दुवै युवक पौडी खेल्दै गरेको र केही तल पुगेपछि नदीमै बेपत्ता भएको देखिएको छ।

सशस्त्र प्रहरीको प्रदेश विपद् व्यवस्थापन गोताखोर टोलीले बोटदेखि राजाबाससम्म खोजी गरे पनि फेला पार्न सकेको छैन।प्रहरीले कोशी ब्यारेजसँग समन्वय गरी भारतीय प्रहरीसँग समेत सम्पर्क गरी खोजी कार्य जारी राखेको जनाएको छ।

नेपाल ल क्याम्पसमा स्नातक चौंथो वर्ष अध्ययनरत जेहेन्दार विद्यार्थी थिए सागर । उनी आफ्नो भाइ पर्ने सेवकलाई लिएर बराह क्षेत्र घुम्न भनेर गएका थिए । गत बुधबार उनीहरु पौडी खेल्ने क्रममा डुबेको सुचना परिवारलाई आएको थियो । परिवार स्रोतका अनुसार उनीहरु दुवैजना पौडी खेल्न जान्दैनथे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *