नामिबियाका जान निकोल लफ्टी इटन चितवन राइनोजमा आवद्ध
नेपाल प्रेस
२०८१ कार्तिक २० गते १६:३३
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि चितवन राइनोजले नामिबियाका अलराउन्डर जान निकोल लफ्टी इटनलाई आवद्ध गरेको छ ।
२३ वर्षीय लफ्टी इटनले गत वर्ष सबैभन्दा कम बलमा टी-२० अन्तर्राष्ट्रिय शतक बनाउने विश्व कीर्तिमान बनाएका थिए । उनको कीर्तिमान पछि तोडिएको थियो ।
बायाँ हाते ब्याट्सम्यान इटनसहित चितवन राइनोजले विदेशी खेलाडीका रुपमा मर्चान्ट डे ल्याङ, लुक बेन्केन्स्टैन र हसन इसाखिललाई आवद्ध गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर