काठमाडौं महानगर- १६ वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने एमालेको निर्णय
नेपाल प्रेस
२०८१ कार्तिक २० गते १८:२४
काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिका- १६ को वडाध्यक्ष उम्मेदवार टुंगो लगाएको छ । आज बसेको महानगर वडा कमिटी बैठकले लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार सिफारिस गरेको हो ।
तुलाधरको एकल नाम सिफारिस भएको जिल्ला अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।
आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ । गएको निर्वाचनमा कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया
One thought on “काठमाडौं महानगर- १६ वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने एमालेको निर्णय”
Leave a Reply
सम्बन्धित खवर
हार्दिक बधाई तथा शुभकामना छ साथै बिजय पश्चात अग्रीम पूर्ण सफलताको कामना गर्दछाैँ ।