दीपक मनाङेले सांसद पद गुमाउने, अर्को चुनाव लड्न पाउलान् ? – Nepal Press

दीपक मनाङेले सांसद पद गुमाउने, अर्को चुनाव लड्न पाउलान् ?

काठमाडौं । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै गण्डकी प्रदेशका सांसद दीपक मनाङे पदमुक्त हुने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ तथा निर्वाचन आयोग ऐन २०७३ अनुसार उनले सांसद पद गुमाउने भएका हुन् ।

कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम सजाय पाएको व्यक्ति सजाय भुक्तान गरेको मितिले ६ वर्षसम्म उम्मेदवार बन्न अयोग्य हुने कानूनी व्यवस्था छ । साथै सदस्य पदमा निर्वाचित कुनै व्यक्ति उल्लेखित कानूनअनुसार अयोग्य ठहर भएको खण्डमा सांसदबाट पदमुक्त हुने व्यवस्था प्रतिनिधिसभा र प्रदेशसभा ऐनको दफा १६ मा गरिएको छ ।

उक्त दफाको उपदफा २ अनुसार पदमुक्त भएको जानकारी आयोगले सम्बन्धित व्यक्तिलाई दिनुपर्छ । साथै पदमुक्त भएको सूचना नेपाल राजपत्रमा प्रकाशत गरिनेछ ।

ऐनको दफा १३ (ङ) अनुसार मनाङेले जेल सजाय भुक्तानी गरेको ६ वर्षसम्म निर्वाचन लड्न नपाउने दाबी एकथरी कानून व्यवसायीकाे छ, तर याे उपदफाले कर्तव्य ज्यानलाई मात्र सम्बाेधन गरेकाले ज्यान मार्ने उद्याेगमा याे उपदफा आकर्षित नहुने अर्काथरी कानून व्यवसायी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर